ad ad

कारोबार


सेयरबजार दोहोरो अंकले घट्यो, पुनर्बीमा कम्पनीको सर्वाधिक १५ करोडको कारोबार

सेयरबजार दोहोरो अंकले घट्यो, पुनर्बीमा कम्पनीको सर्वाधिक १५ करोडको कारोबार

नेपालखबर
साउन १४, २०७७ बुधबार ९:४३,

यो साता लगातार सेयरबजार ओरालो लागेको छ। आज पनि बजार परिसूचक नेप्से २३.३६ अंकले र सेन्सिटिभ सूचक ५.१८ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

आज कारोबार भएका १२ वटै समूहका सूचक राताम्य बनेका छन्। बीमा समूहको सूचक सबैभन्दा बढी अंकले ओरालो लाग्दा विकास बैंक, वाणिज्य बैंक, होटल र माइक्रोफाइनान्सका सूचकहरु पनि दोहोरो अंकले ओरालो लागेका छन्।

बुधबार उक्त समूहअन्तर्गतका कुल १ सय ८७ कम्पनीको ३८ लाख ३९ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। बजार बन्द हुनुअघि २४ हजार २ सय २४ पटकको सेयर खरिदबिक्रीमा कारोबार रकम भने १ अर्ब ६८ करोड पुगेको छ। जुन अघिल्लो दिनको तुलनामा बढी हो। मंगलबार सेयरबजारमा १ अर्ब २५ करोडको कारोबार भएको थियो।

आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ८१ लाखको, एनआईसी एसिया बैंकको ८ करोड ८८ लाखको, नेपाल टेलिकमको ८ करोड ८७ लाखको, एनएमबि बैंकको ५ करोड ६५ लाखको र हिमालयन डिस्टिलरीको ४ करोड ७५ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आज कमाउनेमा दुई कम्पनीका लगानीकर्ता छन्। युनियन हाइड्रोपावर लिमिटेड र जोशी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेपछि ती कम्पनीका लगानीकर्ताले कमाएका हुन्। त्यस्तै तीन कम्पनीको ९ प्रतिशत र तीन कम्पनीको ८ प्रतिशतले सेयर मूल्य बढेको छ।

गुमाउने कम्पनीमा भने जनउत्थान सामुदायिक लघुवित्त अगाडि छ। कम्पनीको ९ प्रतिशतले सेयर मूल्य खस्किएको छ। त्यसबाहेक दुई कम्पनीको ७ प्रतिशतले, ५ कम्पनीको ६ प्रतिशतले सेयर मूल्य घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .