ad ad

कारोबार


हिमालय एअरलाइन्सद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हिमालय एअरलाइन्सद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालखबर
साउन ११, २०७७ आइतबार १६:१०,

हिमालय एअरलाइन्सले आम्दा अस्पताल, दमक, झापालाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्रीहरु र कोभिड – १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी), गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको छ।

हिमालय एअरलाइन्सले पीसीआर (एनएई-३२, आइसीटिओबी-१६) उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामाग्रीहरुः ५१२०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५००० जोर डिस्पोजेबल पन्जा कोभिड ( १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी), गुल्मीलाई प्रदान गरेको छ।

यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्त्त रुपमा सीसीएमसीको प्रांगणमा रेसुंगा नगरपालिकाका प्रमुख डिल्ली राज भुषाललाई हस्तान्तरण गरे।

सो अवसरमा हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘कोभिड(१९ को रोकथाम गर्ने नेपाल सरकारको कार्यमा सहयोगलाई निरन्तरता दिन पाउँदा हिमालय एअरलाइन्स् गौरवान्वित छ। यस कठिन परिस्थितिमा सरकारलाई सहयोग गर्नु नागरिक कर्तव्य हो। हस्तान्तरण गरिएका पीपीई उपकरण र स्वास्थ्य सामग्रीले हाम्रो कार्यक्षेत्र बाहेकका सेवाका कार्यहरु गर्न र राष्ट्रलाई हरेक सम्भव तवरले मद्दत गर्न हिमालय एअरलाइन्सको दीर्घकालीन प्रतिबद्धता दोहर्‍याउन चाहन्छ।’

सहयोगलाई जारी राख्ने क्रममा हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताल, दमकलाई एक पोर्टेबल भेन्टीलेटर सहित ५०० थान आरडीटी किट, १०० थान पीपीइ सेट, ५०० थान एन(९५ मास्क, २००० जोर सर्जिकल मास्क, ५००० जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरे। स्वास्थ्य सामाग्री अस्पतालका तर्फ स्वीकार्दै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव, इन्द्र भण्डारीले कोभिड नियन्त्रणमा हिमालय एअरलाइन्स्ले गरेको योगदानका लागि धन्यवाद प्रदान गरे।

स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष झोउ एन्योगले भने, ‘हाम्रो निरन्तर प्रतिबद्धता र व्यवसायिक मूल्य सर्वप्रथम राष्ट्र र समाजमा सेवा र योगदान पुर्‍याउनु हो, यद्यपि यस महामारीको समयमा एअरलाइन्स् आफैँ नै संकटको अवस्थामा जादैँ छ, कठिन समस्याहरुको सामना गर्दैछ। हामीले विभिन्न किसिमका योगदान पुर्‍याउन यथाशक्य प्रयासहरु गरेका छौ, चाहे त्यो रकम दान होस् या स्वास्थ्य सामाग्रीको हस्तान्तरण होस् वा आफ्ना कुनै कर्मचारीलाई कटौती नगरीकन कार्गो उडान संचालन मार्फत अत्यावश्यक सामाग्रीको आपूर्ति र विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्ने उडानहरु सञ्चालन होस्।’

घातक महामारीको सुरुवातदेखि नै हिमालय एअरलाइन्स्ले विभिन्न तवरले राष्ट्रलाई सहयोग गर्न निरन्तर प्रयासरत रही आएको छ। सरकारको कोभिड-१९ कोषमा १ करोड रुपैयाँको रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १७७ टन अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु आपूर्ति गर्न २४ वटा चार्टर उडान र कोभिड-१९ सँग सम्बन्धित सबै स्वास्थ्य सुरक्षा प्रोटोकलहरु अबलम्बन गर्दै विभिन्न मुलुकहरुमा रहेका १०१४० जना नेपालीहरुलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडानहरु सफलतापूर्वक सञ्चाालन गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .