कुमारी बैंक लिमिटेडले पाल्पास्थित श्री भैरव नवदिप उच्च माध्यमिक विद्यालयलाई जिन्सी सहयोग गरेको छ। कोभिड–१९ महामारीको विषम परिस्थितिमा विद्यालयमा नियमित पठनपाठन सम्भव नरहेको कुरालाई ध्यानमा राख्दै, अनलाइन शैक्षिक क्रियाकलाप प्रयोजनार्थ केही थान कम्प्युटर र ल्यापटप सहयोग बैंकले जनाएको छ।
कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त समारोहबीच बैंकका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनालले विद्यालयका प्रतिनिधि मानार्थ रथी यादव बहादुर रायमाझीलाई सो सामगी हस्तान्तरण गरे। यस सहयोगको उद्देश्य दैनिक शैक्षिक क्रियाकलापमा अवरोध आउन नदिई बालबालिकाको क्षमतावृद्धि र विकासमा टेवा पु-याउनु रहेको बैंकले जनाएको छ।
आफ्ना देशव्यापी २०३ शाखा संजाल, १३८ एटीएम्, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग इकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ।
Shares

प्रतिक्रिया