विश्वकै सबैभन्दा ठूलो सञ्चार प्लेटफर्महरुमध्ये एक, राकुटेन भाइबरले नयाँ र मनोरञ्जनपूर्ण ‘गुड भाइब्स बट’ ल्याएको छ।
रमाइला खेलहरुका साथ फ्रि स्टिकरहरु जित्ने तथा भाइबर आउट क्रेडिट्स सित्तैमा पाउने मौकासहितको यो बट मैसेजिङ्ग एपको मज्जा लिने पूर्णतः नयाँ उपाय भएको भाइबरले जनाएको छ।
अहिलेको सामाजिक दूरीको यो युगमा, गुड भाइब्स बटले तपाईंलाई सम्पर्कमा राखि राख्छ– र साथीभाइहरुसँग रमाइलो गराउँछ। बटलाई सञ्चान गरी आफ्नै एभटार बनाएपछि विभिन्न खेलहरु खेल्न सकिनेछ।
साथीहरुले एक–अर्कोको डिजिटल स्ल्याम बुकहरु भर्न, अरुहरुलाई खेलको लागि इनभाइट गर्न, र नयाँ ‘मेमोरिज’ हरु सिर्जना गर्न सक्छन्। बास्केटबल, ह्वाक ए मोल इन द होल, चप चप, स्प्ल्यास र एग पार्टी जस्ता खेलहरुका साथ भाइबरले आफ्ना साथीहरुसँगको दूरीका बावजूद पनि तपाईंलाई नयाँ तरीकाबाट रमाउन साथ दिइरहनेछ।
बटले ‘गुड भाइब्स’ मात्र नदिइ यस्को साथमा राम्रो पुरस्कारहरु पनि प्रदान गर्दछ। मेहनतका साथ खेलि साप्ताहिक लिडर बोर्डमा आएमा फ्रिमा पेड एनिमेटेड र म्युजिकल स्टिकर प्याकहरु पुरस्कार स्वरुप प्राप्त गर्न क्निेछन्। साथ,ै लिडर बोर्डमा रहेका १० खेलाडीहरुले हरेक महिना ५ डलरको भाइबर आउट क्रेडिट्स जित्ने मौका पनि प्राप्त गर्नेछन्।

प्रतिक्रिया