कारोबार


रोकाया बने ‘आइएमई घरमै’को विजेता, जिते एक लाख

रोकाया बने ‘आइएमई घरमै’को विजेता, जिते एक लाख

नेपालखबर
साउन ५, २०७७ सोमबार १५:११,

आईएमई सेवाग्राही मंगल बहादुर रोकाया ‘आईएमई घरमै’को विजेता घोषित भएका छन्। सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन्। विजेता रोकायाले रु एक लाख पुरस्कार राशी प्राप्त गरेका छन्।

आईएमई लिमिटेडले कोरोना भाइरस (कोभिड( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै– रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो।

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको थियो।

२०७७ साल असारको अन्त्यसम्म मात्र कायम ‘आइएमई घरमै’ उपहार योजनाबाट आईएमई गरिएको रकम आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख र हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने गरी सार्वजनिक गरिएको थियो। आम सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आईएमईले आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राहीमुखी उपहार योजना सार्वजनिक गर्दै आइरहेको छ।

स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो। विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad