नेपाल इन्भेस्टमेन्ट बैंक लि. (एनआईबीएल) ले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गरेको छ।
बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत् २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गरेको छ।
बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लाई सो सामग्री हस्तान्तरण गरे।
बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दस जनासम्मले आश्रय लिन सक्छन्। पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको जनाएको छ।
बैंकका अनुसार पहिरो पीडितहरूलाई सहयोग पुर्याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हाे।
प्रतिक्रिया