नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सन्तोष प्रसाईलाई दिएको छ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यबाहक सीईओको जिम्मेवारी पाएका हुन्। असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन्। यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका छन्।

प्रतिक्रिया