ad ad

कारोबार


उद्योग विस्तार गर्न सीजी सिमेन्टले गर्‍यो १० बैंकसँग सम्झौता

उद्योग विस्तार गर्न सीजी सिमेन्टले गर्‍यो १० बैंकसँग सम्झौता

नेपालखबर
असार ३१, २०७७ बुधबार ११:८,

सीजी सिमेन्टले आफ्नो क्लिंकर उत्पादनसहित उद्योग क्षमता विस्तार गर्ने भएको छ। उसले पाल्पामा रहेको क्लिंकर उत्पादन क्षमता वृद्धि गर्न दश बैंकसँग सहकार्य गर्ने जनाएको छ।

उसले ती बैंकबाट क्लिंकर उत्पादनमा २ अर्ब ३७ करोड ८० लाख रुपैयाँसहित ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सम्झौता गरेको छ। सीजीले आफ्नो क्लिंकर उत्पादन क्षमता दैनिक २ हजार ९ सय ५० पुर्याउने जनाएको छ।

सीजीले सानिमा बैंकको अगुवाइ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहअगुवाइमा ग्लोबल आईएमई, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपालक्रेडिट एन्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकसँग ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न बैंकहरुबीच पूरक सहवित्तीयकरण सम्झौता भएको छ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सह–अगुवा बैंकका तर्फबाट नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको उपस्थितिमा सिजी सिमेन्टका तर्फबाट अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .