ad ad

कारोबार


उपत्यकामा मयुर यातायातका बसहरु चल्नथाले

उपत्यकामा मयुर यातायातका बसहरु चल्नथाले

नेपालखबर
असार २९, २०७७ सोमबार ७:१६,

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै मयुर यातायातले काठमाडौं उपत्यकामा सेवा थालेको छ। अन्य यातायात व्यवसायीले यातायात सञ्चालन नगरेको अवस्थामा मयुरले सेवा सुचारु गरेको हो।

सार्वजनिक यातायातको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयुर यातायातले केही बसमार्फत सेवा सुरु गरेको जानकारी दिएको छ। सरकारले तोकेको मापदण्डअनुसार सेवा सुचारु गरेको मयुरले जनाएको छ।

‘मयुरको चारवटा जतिबस चलेका छन्’, एक सञ्चालकले भने, ‘त्यसमा दुईवटा अफिसका कर्मचारी बोकेर धुलिखेल गएका हुन् भने चक्रपथमा दुईवटा चलेका छन्।’

मयुरका ४० बढी गाडीमध्ये अधिकांश मर्मतपछि मात्रै सञ्चालनयोग्य रहेका छन्। यातायात व्यवसायी महासंघले भने विभिन्न माग गर्दै विभिन्न माग गर्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .