कारोबार


आर्थिक वर्ष सकिनै लाग्दा सरकार तात्यो, राजस्व संकलन गर्न शनिबार पनि बैंक खुलाइने

आर्थिक वर्ष सकिनै लाग्दा सरकार तात्यो, राजस्व संकलन गर्न शनिबार पनि बैंक खुलाइने

दीपक भट्ट
असार २५, २०७७ बिहिबार ११:३८,

चालू आर्थिक वर्ष सकिनै लाग्दा अर्थ मन्त्रालयमातहतका निकायहरुले धमाधम काम गर्नथालेका छन्। आफूले दिनुपर्ने भुक्तानी र संकलन गर्नुपर्ने राजस्व संकलनलाई सरकारले तीव्र पारेको हो।

त्यसको लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक हुँदै बैंकहरुलाई शनिबार पनि आफ्नो शाखा सञ्चालन गर्न निर्देशन दिइसकेको छ। राजस्व संकलन हुने आफ्नो सम्पूर्ण शाखाहरु कार्यालय समयभरि नै सञ्चालन गर्न निर्देशन दिएको हो।

सोहीअनुसार कर कार्यालयहरु पनि शनिबार पनि सञ्चालन हुनेछन्। सोही कारण करदाताहरुले शनिबार पनि कर दाखिलाको लागि जानसक्ने भएका छन्।

सरकारको खर्च तथा आम्दानीको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालय पनि बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालनको लागि अर्थ मन्त्रालयले निर्देशन दिएको छ। कोष तथा लेखा नियन्त्रकको कार्यालय पनि कार्यालय समयभन्दा बाहेकको समयमा पनि सञ्चालन हुनुपर्नेछ।

सरकारी खर्च र त्यसको भुक्तानीसम्बन्धी काम कार्यालय समयबाहेक पनि काम गर्न मन्त्रालयले भनेको छ।

महालेखाले चालू आर्थिक वर्षको हिसाबकिताब साउन ३ गतेभित्र सरकारी कारोबार गर्ने बैंकमा पठाई चेकहरु भुक्तानी हुने व्यवस्थापन मिलाउने भन्दै कोष तथा लेखा नियन्त्रकको कार्यालयहरुलाई पत्र लेखिसकेको छ।

असार मसान्तसम्म बजेट खाता विजोर वर्षको र साउन १ गतेदेखि बजेट खाता विजोर वर्षबाट भुक्तानी हुने व्यवस्था मिलाई बजेट खर्च खाता विजोर वर्षको लागि असार मसान्तसम्म काटिएका भुक्तानी हुन बाँकी चेकहरुको विवरण २०७७ साउन ३ गतेभित्र सरकारी कारोबार गर्ने बैंकमा पठाई चेकहरु भुक्तानी हुन व्यवस्था मिलाउने भनिएको छ।

स्थानीय तहको हकमा भने स्थानीय तहहरुका खर्च तथा कार्य सञ्चालनस्तरका खाताहरुबाट असार मसान्तसम्ममा काटिएका तर बैंकबाट सटही हुन बाँकी चेकहरुको विवरण साउन ३ गतेभित्र नै सरकारी कारोबार गर्ने बैंकमा पठाउन लगाई सो विवरणबमोजिमका चेकहरुको मात्र नियमित रुपमा भुक्तानी हुने व्यवस्थाका लागि आवश्यक समन्वय गर्न भनिएको हो।

साथै उक्त विवरणको बोधार्थ प्रति कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्राप्त गरी स्थानीय तहको नियमानुसारका प्रतिवेदन भिडान गर्ने तथा रकम फिर्ता भए नभएको एकीन गर्ने मूल कागजातका रुपमा अभिलेख राख्नको लागि भनिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .