ad ad

कारोबार


नेपाल, माल्दिभ्स र श्रीलंकाको लागि विश्व बैंकका नयाँ राष्ट्रिय निर्देशकमा जार्भोस नियुक्त

नेपाल, माल्दिभ्स र श्रीलंकाको लागि विश्व बैंकका नयाँ राष्ट्रिय निर्देशकमा जार्भोस नियुक्त

नेपालखबर
असार १७, २०७७ बुधबार ११:१४,

विश्व बैंकले फारिस हदाद जर्भाेसलाई नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ।

उनले काठमाडौं उपक्षेत्रीय कार्यालयमा आधारित रहने गरी विश्व बैंकका तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको नेतृत्व गर्दै करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालु कार्यक्रमको नेतृत्व गर्ने गरी बुधबारदेखि लागू हुने गरी नियुक्त गरेको विश्व बैंकले जनाएको छ।

जर्भोसभन्दा पहिले यी तीन देशका राष्ट्रिय निर्देशकमा रहेका आइडा जी.पस्वराई–रिद्धीहोले विश्व बैंकको नयाँ कार्यभार सम्हाल्नेछन्।

यसअघि जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए। अमेरिकी नागरिक जर्भोस वि.सं. २०५२ देखि विश्व बैंकसँग आबद्ध छन्। विश्व बैंकका अनुसार यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन्।

साथै उनले खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, ईराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सन्चालन प्रबन्धकका रूपमा काम गरिसकेका छन्।

कोभिड–१९ का कारण जनस्वास्थ्य र आर्थिक क्षेत्रमा परेका तत्काल र दीर्घकालिन असरहरूको सम्बोधन गर्न तीन वटै देशहरूले शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेको अवस्थामा उनको नियुक्ति भएको हो।

‘देशहरूले कोभिड–१९ संकटका विरूद्ध जुध्दै गर्दा जनजीवन र जनजीविकाको संरक्षण गर्दै आर्थिक सुघार र पुनस्र्थापना गर्नु सबैभन्दा महत्वपूर्ण छ’, जर्भोसले भने, ‘विश्व बैंकले आर्थिक लगानी तथा सहयोग गरेका कार्यक्रमहरू मार्फत कोभिड–१९ ले जनस्वास्थ्य र आर्थिक क्षेत्रमा निम्त्याएका असरहरूलाई कम गर्नु, र रोजगारीका अवसरहरूको सिर्जना गर्दै समावेशी र दीगो विकासको सुनिश्चितता गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ।’

यसका लागि तीनै राष्ट्रका सरकारहरू, विकासका साझेदारहरू, निजी क्षेत्र र नागरिक समाजसँग मिलेर काम गर्न उत्सुक रहेको उनले बताएका छन्।

विश्व बैंकले नेपाल, माल्दिभ्स, र श्रीलंकाका सरकारहरूलाई कुल ३५ करोड डलर भन्दा बढिको कोभिड–१९ आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सहयोग गरिरहेको छ। यसले यी राष्ट्रहरूमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाइ सुदृढ गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .