ad ad

कारोबार


महासंघकाे निर्वाचनमा दुई प्यानल निश्चित, प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

महासंघकाे निर्वाचनमा दुई प्यानल निश्चित, प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

नेपालखबर
असार १६, २०७७ मंगलबार १३:३६,

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दावेदार किशोर प्रधान र चन्द्रप्रसाद ढकालको नेतृत्वमा दुई प्यानल निर्वाचनमा जाने भएका छन्।

साउन २५ र २६ गते हुने नयाँ निर्वाचनको लागि किशोर प्रधानको टिमले सम्पर्क कार्यालयसमेत खोलेको छ। सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका छन्। उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए।

ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरिएको हो।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। जस अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भनेको अर्को पटकको लागि अहिले नै अध्यक्ष जित्नु बराबर हो।
शेखर गोल्छा यो पटक स्वतः अध्यक्ष बन्दै छन्।

गोल्छाले प्रधानलाई सहयोग गर्ने बताइसकेका छन्। प्रधानको टिममा प्रधान वरिष्ठ उपाध्यक्षमा उठ्दैछन् भने जिल्ला उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धा गर्दै छन्। उनीहरुले नै साउन अन्तिममा हुने निर्वाचनको लागि सम्पर्क कार्यालय खोलेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .