कारोबार


वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न कांग्रेसको माग

वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न कांग्रेसको माग

नेपालखबर
असार १, २०७७ सोमबार १६:१०,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ।

कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गरेको हो।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कोभिड–१९ का कारण विदेशबाट समेत श्रमिकको माग नभएको अवस्थामा नेपालका करिब ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था आएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गरेका हुन्।

कोरोनाले विश्वका सबै व्यवसाय र समाजका हरेक क्षेत्रमा गम्भीर असर परिरहेको भन्दै काँग्रेस संसदीय दलले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरी वैदेशिक रोजगारी व्यवसायीको इजाजतपत्र नवीकरण लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad