कारोबार


पैसा बचत गर्न सिकाउने युवती

पैसा बचत गर्न सिकाउने युवती

टोरी डनल्याप
असार २९, २०७६ आइतबार ९:४९,

तीन वर्षअघि मैले आफैँसँग एउटा अनौठो सम्झौता गरेँ । त्यो के थियो भने म २५ वर्षको हुँदा वार्षिक १ लाख डलर बचत गर्ने हुनेछु। तर यो मेरो २६औँ जन्मदिनसम्म पूरा हुन सकेन। यसमा म दुःखी छैन।
एक वर्षअगाडि होला सायद!

मैले आफ्नो बचत र लगानीको दर पुनर्विचार गरेँ। मलाई महसुस भयो कि वर्षमा ८० हजार डलर मात्रै मैले बनाउन सकेको रहेछु। तर यो मैले आफैँसँग गरेको सम्झौता पूरा हुने बाटोमै रहेछ। कारको ऋण बिर्सिने हो भने म अहिले ऋणमुक्त छु। अर्को वर्ष मैले १० हजार डलर जम्मा गरे १ लाख डलर बचत गर्न सक्ने रहेछु र मसँग १ वर्ष पनि त छ!

मैले आफूले आफैँसँग गरेको त्यो सम्झौता नै मेरो कथाको मुख्य भाग हो। म एक श्वेत र मध्यमवर्गीय परिवारबाट आएकी हुँ। मैले कुनै ऋणविनै कलेज शिक्षा पूरा गर्न सकेँ। यी सबै कुराले मलाई निकै मद्दत गर्यो। सानो उमेरमै म बलियो रुपमा वित्तीय शिक्षाबारे जानकार रहेकोमा परिवारले विश्वस्त पारे। तर मलाई परिवारले चाँदीको चम्चासँगै हुर्काएका भने अवश्य होइनन्। कलेजमा शुल्क तिर्नु सहकार्यको एउटा प्रक्रिया थियो। हामी वर्षको दुईपटक अर्को सेमेष्टरको लागि कहाँबाट कसरी पैसा जुटाउने भनी छलफल गर्थ्याैँ।

परिवारले सधैँ सोध्थे– तिमी कति वित्तीय योगदान गर्न सक्छौँ? यसमा म भाग्यमानी पनि साबित भएकी छु। तर आफ्नो आम्दानी बढाउन कडा मिहिनेत, बलिदान र उत्तरदायित्व पनि आवश्यक छ । यी सबै कुरा थाहा पाएरै म जीवनमा स्मार्ट निर्णय लिन तयार हुनेछु भन्ने लाग्थ्यो। 

tori dunlapटाेरी डुनल्याप।

अहिले यसरी म १ लाख बचत गर्दै छु —
साइड बिजनेस
मैले ६ वटा साइड व्यवसायतर्फ आफ्नो यात्रा अगाडि बढाएँ। मेरो पहिलो वर्ष फ्रिल्यान्स सोसल मिडिया मार्केटिङले केही क्यास जम्मा भयो। त्यसलाई मैले तुरुन्तै बचत गरिहालेँ। यसबाट मैले सेप इरा र पूर्ण आकस्मिक कोष स्थापना भयो। त्यो पनि मेरो कमाइबाटै । सेप भनेको सिम्प्लिफाइड इम्प्लोई पेन्सन र इरा भनेको इन्डिभिजुअल रिटायर्ड अरेन्जमेन्ट हो। अर्थात् स्वरोजगारहरुले आफ्ना लागि वा आफ्ना कामदारको लागि बचत गर्ने पैसा हो।

लगानी गर्न सुरु गरेँ
मैले सानै उमेरमै लगानी गर्न सुरु पनि गरेँ। मलाई थाहा थियो, धेरैथरि ब्याज एकदमै महत्वपूर्ण हुन्छ। मेरो पैसाले मलाई पैसा कमाउने बनाओस् भन्ने चाहना राखेर सानैदेखि म लगानी सुरु गर्न चाहन्थेँ। २२ वर्षमै मैले काम सुरु गरेँ भने पहिलो रोथ इरा पनि खोलिहालेँ। यसबाट मेरो लक्ष्यअनुसार नै कमाइ हुनथाल्यो।

तलबमान वृद्धिको पहल गरेँ
तलबमान वृद्धिको लागि पहल गर्नुपर्छ तर यसको मतलब अनावश्यक विवाद होइन। हुर्किने क्रममा मेरो बुबाले केबल र फोनको बिलमा पहल गरेको देखेको थिएँ। त्यसकारण पहलको काम मेरो जीवनको जहिल्यै एक भाग बन्यो। र, म त्यस्तो परिवारमा हुर्किएँ, जसलाई कुनै कुराको लागि पहल कसरी गर्ने भन्ने राम्ररी थाहा थियो।

मैले पहिलो सोसल मिडिया फ्रिल्यान्स गिगमा मलाई आग्रह गरियो, मैले उनीहरुले आग्रह गरेभन्दा १० हजार डलरको लागि पहल गरेँ। यसरी ९–५ को कामबाटै २० प्रतिशत बढी पाउन सफल भएँ। अर्को काममा मैले २० हजार डलर बढीको लागि पहल गरेँ। यसरी अर्को कामबाट मलाई थप १० हजार डलर आम्दानी भयो।

स्वतः बचतमा जोड
मैले स्वतः बचत गर्न थालेँ। स्वतः बचत गर्ने बानीले तपाईंको जीवनलाई सहज मात्रै बनाउँदैन हुँदै नभएको बचत गरेजस्तो बनाउँछ। मेरो ठूलो बचत खातामा हरेक तलब चेकको २६ प्रतिशत अटोमेटिक (स्वतः) बचत हुन्छ। जुन मैले हरेक दिन चेक गरिरहने एकाउन्ट होइन, छुट्टै बैंकको एकाउन्ट हो। यसको फाइदा पनि छ, म यसबाट पैसा झिक्नको लागि त्यति चाहन्न, न त यसबारे सोचिरहेकै हुन्छु। जम्मा गरेर बिर्सिने खालको वित्तीय स्वतन्त्रताकै लागि मैले धेरै मिहिनेत गरेको हुँ। अहिले यो एकाउन्ट अटोपाइलटजस्तै भएको छ।

त्यसकारण १ लाख डलर बचत गर्न सम्भव छ। चाहे त्यो जुनसुकै माध्यमबाट होस्। बचत गरेर, बचाएर, लगानी गरेर जसरी होस्। त्यसकारण व्यक्तिको भित्रभित्रैको रणनीतिमा फोकस हुने हो भने यो सम्भव छ।

(टोरी डनल्याप पैसासम्बन्धी वक्ता, प्रशिक्षक र हर फर्स्ट १००के डलरका संस्थापक पनि हुन्। यो मिलेनियल वुमनका लागि वित्तीय साक्षरतासम्बन्धी प्लेटफर्म हो। यसले पहिलो १ लाख डलर आम्दानी हासिल गर्ने बाटो देखाउँछ।) बिजनेस इन्साइडरबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad