कारोबार


हवाइ तथा पर्यटन क्षेत्रमा कर्णाली प्रदेशले छुट्यायो ७३ करोड

हवाइ तथा पर्यटन क्षेत्रमा कर्णाली प्रदेशले छुट्यायो ७३ करोड

नेपालखबर
असार १, २०७७ सोमबार १०:१८,

कर्णाली प्रदेशले हवाइ तथा पर्यटन क्षेत्रमा ७३ करोड बजेट विनियोजन गरेको छ। सोमबार प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रदेशले सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नतिको लागि जग्गा व्यवस्थापनमा नेपाल सरकारसँग साझेदारी गर्ने गरी वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ।

त्यस्तै बजेटमा पर्यटन गतिविधिबाट ग्रामीण जनाताको आय आर्जन र रोजगारी वृद्धिका लागि सामुदायिक घरबास होमस्टेको पूर्वधार विकामा सहयोग गर्ने उल्लेख छ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आवश्यक पूर्वधार विकास तथा पहाडमा प्रस्तरकला (स्टोन कार्भिङ) र आसपासका खोँचमा जलाशय निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको छ।

रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, बुलबुले, पचाल झरना, पुपिण्डे, लिमी, सिञ्जा, पञ्चकोशी, स्यार्पु, कुशे पाटनलगायत पर्यटकीय क्षेत्रको पूर्वधार विकासको लागि १० करोड विनियोजन गरिएको छ।

हिमाली तथ उच्च पहाडी क्षेत्रमा सम्भाव्यताको आधारमा नमूना पदयात्रा मार्ग निर्माणको कार्य सुरुवात गरिने बजेटमा रहेको छ। पदयात्रा मार्ग निर्माण गर्दा परम्परागत स्थानीय निर्माण सामग्रीको मात्र प्रयोग गरिनेछ।

रारा क्षेत्रमा आवश्यक पूर्वधार विकासका लागि सरकार नागरिक साझेदारीमा घरबास पर्यटनको प्रवर्द्धन गर्न आवाससहितको नमूना मुर्मा गाउँ विकास गरिनेछ। ताल्चा विमानस्थलदेखि मिलिचौरसम्म पर्यटन पहुँच मार्ग निर्माण गरिने बताइएको छ।

प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको हो।

कुल बजेटमध्ये चालूतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार अर्थात् ५७ प्रतिशत, पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार अर्थात् ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख अर्थात् ९ प्रतिशत रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad