नेपाल वायु सेवा निगमले आज तेस्रो पटक अष्ट्रेलियामा चार्टर्ड उडान गर्दै छ। निगमको वाइड बडी ए ३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो।
नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर्ड गरी लैजान लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार अपराह्न ५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तालिका तय भएको निगमले जानकारी दिएको छ ।
यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो ।

प्रतिक्रिया