ad ad

कारोबार


लामो समयपछि खुल्यो सुनचाँदीको कारोबार

लामो समयपछि खुल्यो सुनचाँदीको कारोबार

नेपालखबर
जेठ २५, २०७७ आइतबार १४:५६,

लामो समयपछि नेपाली बजारमा सुनचाँदीको कारोबार शुरु भएको छ। बन्दा बन्दी (लकडाउन) शुरु भएपछि गत चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोबार आजदेखि शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लकडाउनको अवधिमा सुनचाँदीको दरभाउसमेत स्थगित हुँदै आएको थियो। सरकारले लकडाउनको ढाँचामा परिवर्तन गर्ने प्रक्रिया शुरु गरेको र सोही बमोजिम सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उद्योग वाणिज्य संघको सहमतिमा केही घण्टा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ। सोही अनुसार महासंघले सुनचाँदी व्यवसाय पनि आंशिक रुपमा सञ्चालनमा ल्याउने उल्लेख गरेको छ।

सोही अनुसार आज खुलेको बजारमा छापावाल सुनको मूल्य तोलाको रु ८७ हजार ४०० तय गरिएको थियो। यस्तै तेजावी सुनको मूल्य रु ८६ हजार ९६० तोकिएको र सोही अनुसार सामान्य कारोवार भएको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा वृद्धि भए पनि स्थानीय बजारमा पनि सोही अनुसार वृद्धि भएको हो। सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला रु ७७ हजारमा कारोवार भएको थियो । महासंघले आज चाँदीको मूल्य प्रतितोला रु ९२५ तोकेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .