ad ad

कारोबार


सहकारीसम्बन्धी छुट्टै कानुन ल्याउने सरकारको तयारी

सहकारीसम्बन्धी छुट्टै कानुन ल्याउने सरकारको तयारी

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:५१,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले संविधान, ऐन कानुन र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानुन निर्माण गर्ने बताएकी छिन्।  मन्त्री अर्यालले १४ हजार बढीको संख्यामा रहेका बचत तथा ऋण सहकारीहरूलाई व्यवस्थित गर्न छुट्टै कानुन निर्माण गर्ने घोषणा गरेकी हुन्।

यसबारे छलफल समेत सुरु भएको छ। यसै सन्दर्भमा यससम्बन्धी बचत तथा ऋण सहकारी संघले प्रस्तावित बचत तथा ऋण सहकारी सम्बन्धी ऐनबारेमा मन्त्री अर्याललाई सुझाव दिएको छ। आज शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा संघले मन्त्री अर्याललाई प्रस्तवित ऐनसँग सम्बन्धित सुझावपत्रहरू बुझाएको हो।  त्यस सन्दर्भमा सुझावको खाका बुझाउदै बचत तथा ऋण सहकारी संघका अध्यक्ष डिबी बस्नेतले २०६९ सालमा पनि यस्तै सुझाव बुझाएको भन्दै संघले सबै विषय समेट्ने गरी सुझावको खाका तयार पारेको जानकारी दिए।

त्यस अवसरमा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले ऐन बनाउने सन्दर्भमा मन्त्रालय अगाडी बढेको र नेपालको संविधान, सहकारी ऐन २०७४ का व्यवस्था तथा अन्तराष्ट्रिय अभ्यास हेरेर ऐन निर्माण गरिने बताए। कार्यक्रममा बोल्दै मन्त्री अर्यालले बचत तथा ऋण सहकारीलाई व्यवस्थित गर्नका निम्ति नै आफूले घोषणा गरेको भन्दै अब यसलाई सबै कुराको अध्ययन गरेर अगाडि बढाइने बताइन्। ‘हामीले काम गर्नकै निम्ति बोलेको हो। हामीले गर्न नसकेको खण्डमा पछि आउनेले यसलाई पछ्याओस् भन्ने पनि हो’, मन्त्री अर्यालले भनिन्, 'संघको सुझावलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय अभ्यास, हाम्रो संविधान तथा ऐनकानुनलाई मध्यनजर गरेर काम अगाडी बढाउँछौ।’

मन्त्री अर्यालले ऐन बनाएर बचत तथा ऋण सहकारी संघलाई अझ व्यवस्थित बनाउने अभियानमा मन्त्रालय लागेको भन्दै १४ हजार बचत तथा ऋण सहकारी संस्थालाई व्यवस्थित गर्न लागिपरेको बताइन्। उनले यस क्षेत्रमा पारदर्शिता कसरी ल्याउने भन्ने कुरालाई मध्यनजर गरेर छुट्टै ऐन बनाउने कार्यलाई अगाडि बढाइएको जानकारी दिइन्। एउटा मर्जरमार्फत सानो बनाउने र अर्को प्रभावकारी अनुगमनको कुरालाई ध्यान दिइने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .