ad ad

कारोबार


विदेशमा अलपत्र नागरिकको उद्धार खर्च र श्रमिकको कोषमा जम्मा हुने रकम सरकारले व्यहोर्ने

विदेशमा अलपत्र नागरिकको उद्धार खर्च र श्रमिकको कोषमा जम्मा हुने रकम सरकारले व्यहोर्ने

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:२८,

विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका र रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि आवश्यक रकमको व्यवस्था सरकारले गरेको छ।

अर्थमन्त्री खतिवडाका अनुसार संगठित क्षेत्रको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले व्यहोर्ने भएको छ।

सो रकम सम्बन्धित प्रतिष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीको रुपमा प्राप्त गर्नसक्ने र व्यवसाय सहज भएपश्चात् कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .