ad ad

कारोबार


प्रदेशलाई ५५ अर्ब १९ करोड, स्थानीय तहलाई ९० अर्ब ५ करोड समानीकरण अनुदान

प्रदेशलाई ५५ अर्ब १९ करोड, स्थानीय तहलाई ९० अर्ब ५ करोड समानीकरण अनुदान

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १०:४२,

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेशलाई ५५ अर्ब १९ करोड, स्थानीय तहलाई ९० अर्ब ५ करोड समानीकरण अनुदान विनियोजन गरेका छन्।

त्यस्तै आगामी आवमा सशर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई १ खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका हुन्।

राजस्व बाँडफाँटतर्फ प्रदेश र स्थानीय तहको जनसंख्या, क्षेत्रफल र मानव विकास तथा न्यून विकास सूचकांकलाई आधार लिई प्रदेश र स्थानीय तहमा कुल १ खर्ब २२ अर्ब १४ करोड बाँडफाँट हुने अनुमान गरेको उनले बताए। उनले भने, ‘प्रदेश र स्थानीय तहले आफूले पहिचान गरी सञ्चालन गर्न माग भई आएका आयोजनाहरुको लागि ९ अर्ब ९६ करोड समपूरक अनुदान छुट्याएको छु।’

प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नका लागि विशेष अनुदान उपलब्ध गराउन ९ अर्ब ९७ करोड व्यवस्था गरिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .