कारोबार


बजेटमा साइबर सुरक्षालाई उचित ध्यान दिन माग

बजेटमा साइबर सुरक्षालाई उचित ध्यान दिन माग

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ९:९,

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सीएसआरआई)ले नीति तथा कार्यक्रममा अगाडि सारिएका साइबर सुरक्षा र प्रविधी सम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन माग गरेको छ।

सोमबार सीएसआरआईका पदाधिकारीहरुले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेर बुँदागत रुपमा साइबर सुरुक्षा र सूचना प्रविधी सम्बन्धी नीति तथा कार्यक्रममा समेटिएका विषयमा पर्याप्त बजेटको व्यवस्था गर्न माग गरेका हुन्।

‘हामीले नीति तथा कार्यक्रममा साइबर समेटिएका साइबर सुरक्षा र सूचना प्रविधि सम्बन्धी कार्यक्रममा पर्याप्त बजेटको माग गर्न बुँदागत रुपमा नै अर्थसचिवलाई आग्रह ग¥यौं,’ सिएसआरआईका महासचिव शालिकराम पराजुलीले भने, ‘उहाँले यसमा सकारात्मक प्रतिक्रिया जनाउनुभएको छ।’ उनले अहिलेको साइबर युगमा राष्ट्रको साइबर सुरक्षा प्रणाली बलियो बनाउन जरुरी रहेको बताउँदै त्यो बलियो पार्न नसके नेपालीको सम्पत्ति समेत सुरक्षित रहन नसक्ने बताए।

अर्थसचिवसहित प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अली र विकास सल्लाहकार इन्जिनियर गजेन्द्र थपलियालाई समेत बुझाइएको पर्याप्त बजेटको माग गरिएको उक्त सुझावपत्रमा नेपालमा साइबर सुरक्षा विशेष ध्यान दिन आग्रह गरिएको छ।

सिएसआरआई ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणालाई लागू गर्ने गरी नीतिहरु बनाउदैं त्यसका लागि पर्याप्त बजेटका व्यवस्था गर्न माग गरेको छ। यस्तै, सूचना प्रविधिको क्षेत्रमा सीप र क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम, गोष्ठी तथा सेमिनारहरुलगायत सचेतनामूलक कार्यक्रम राख्न सुझाव दिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सूचना प्रविधि र साइबर सूरक्षामा सहकार्य गर्नुपर्ने, साइबर सेनाको कल्पना गरेर कार्यक्रम लागु गर्न, हजारौं सेक्यूरिटी विज्ञहरुलाई साइबर सेनाको रुपमा तयार पार्नुपर्ने र सूचना प्रविधि तथा साइबर सुरक्षामा लगाउनुपर्ने पनि उक्त सुझावमा उल्लेख छ।

त्यस्तै, सिएसआरआईले साइबर सुरक्षाका बारेमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्न, पूर्वाधार बलियो बनाउने गरी नीति बनाउन, आईओटी, क्लाउड कम्प्यूटिङ, एआईलगायतका नयाँ प्रविधिहरुको विकास र प्रयोगको लागि कार्यक्रम लागु पनि पर्याप्त बजेटका आवश्यकता भएको सुझावमा उल्लेख गरेको छ।

सीएसआरआईका पूर्व अध्यक्ष चिरन्जीवी अधिकारीले नेपाल अहिलेको सूचना प्रविधीको युगमा साइबर सुरक्षा सबैभन्दा महत्वपूर्ण भएकाले यसमा बजेट पनि त्यहीअनुसार व्यवस्था गर्नुपर्ने बताए।

‘अहिलेको युगमा मुलुकको सुरक्षाका लागि हाम्रो साइबर सेक्युरिटी प्रणाली पनि बलियो बनाउन जरुरी छ,’ उनले भने, ‘साइबर थ्रेट मिनिमाइज गर्न, क्षमता अभिवृद्धि गर्न, साइबर इन्सिडेन्ट ह्याण्डलिङ गर्न, सेक्युरिटी अप्रेसनल सेन्टर चलाउनका लागि पर्याप्त बजेटको माग गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad