कारोबार


सार्वजनिक संस्थानको आय २० प्रतिशत बढ्यो, लाभांश चार प्रतिशतले कमी

सार्वजनिक संस्थानको आय २० प्रतिशत बढ्यो, लाभांश चार प्रतिशतले कमी

दीपक भट्ट
जेठ १३, २०७७ मंगलबार १०:४६,

सार्वजनिक संस्थानहरुको सञ्चालन आयमा २० दशमलव २९ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्ष संस्थानको कुल सञ्चालन आय ३ खर्ब ९० अर्ब ९२ करोड ६६ लाख रहेकोमा २० दशमलव २९ प्रतिशतले वृद्धि भई गत आर्थिक वर्षमा ४ खर्ब ७० अर्ब २६ करोड २५ लाख पुगेको अर्थमन्त्रालयले जनाकारी गराएको छ।

मन्त्रालयले आज (मंगलबार) गत वर्षको विवरण समेटिएको सार्वजनिक संस्थानहरुको वार्षिक समिक्षा सार्वजनिक गर्दै संस्थानहरुको वित्तीय स्थिति सकारात्मक रहेको जानकारी गराएको छ।

नाफा पनि अघिल्लो वर्ष भन्दा १२ दशमलव ३६ प्रतिशतले वृद्धि भई ४८ अर्ब, ७७ करोड ४१ लाख रुपैयाँ पुगेको मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयलका अनुसार सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांश भने अघिल्लो आर्थिक वर्षको तुलनामा ४ दशमलव २८ प्रतिशतले कमी आइ जम्मा ९ अर्ब ४७ लाख प्राप्त भएको छ। गत आर्थिक वर्षमा सञ्चिति नाफा र सञ्चिति नोक्सानी अघिल्लाे आर्थिक वर्षको तुलनामा क्रमशः ३ दशमलव ३ प्रतिशत र २७ दशमलव ३३ प्रतिशत कमी आएको भए तापनि समग्र सञ्चित नाफा २ दशमलव ९३ प्रतिशत वृद्धि भई ५१ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ पुगेको हो।

हाल अस्तित्वमा ४४ वटा संस्थान रहेका छन्। ती मध्ये ३३ वटा संस्थान मात्र सञ्चालनमा रहेका छन्। अस्तित्वमा रहेका २६ संस्थान नाफामा छन्। ५ संस्थानको कारोबार शून्य छ भने १३ संस्थान नोक्सानीमा रहेका छन्।

जनकपुर चुरोट कारखाना लिमिटेड, विद्युत उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी व्यवसायिक रुपमा सञ्चालित छैनन्। नोक्सानीमा रहेका संस्थान मध्ये नेपाल ओरियल्ड म्यानसाइड प्रालि, बुटवल धागो कारखाना लिमिटेड सञ्चालनमा छैनन्। त्यस्तै, नेपाल रेल्वे कम्पनी लिमिटेड निर्माणाधिन रहेको र दुवै कम्पनीको प्रशासनिक खर्च मात्र भएकोले नोक्सानीमा छन्।

नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३ सय ६ दशमलव ५८ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष सेयरधनी कोष अर्थात नेट वर्थ अघिल्लो आर्थिक वर्षको तुलनामा २१ दशमलव ०१ प्रतिशत वृद्धि भई ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख भएको छ। अर्थमन्त्रालयले सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा (पहेंलो किताव) मार्फत जानकारी दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad