ad ad

कारोबार


२१ टन केराउ मटर लोड भएको ट्रकसहित चालक पक्राउ

२१ टन केराउ मटर लोड भएको ट्रकसहित चालक पक्राउ

शैलेन्द्र महतो
जेठ १३, २०७७ मंगलबार ७:८,

प्रहरीले वीरगञ्जबाट २१ टन केराउ मटर लोड भएको ट्रकसहित चालकलाई पक्राउ गरेको छ।

लकडाउनको मौका छोपी परवानीपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.३ख ३५६९१ नम्बरको ट्रकमा लोड गरिएको २ सय ४० बोरा अर्थात् अन्दाजी २१ टन केराउसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चालक बराको निजगढ नगरपालिका ८ बस्ने ४० वर्षका यमबहादुर दमई रहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार जेठ १० गते साँझ पर्साको वडा प्रहरी कार्यालय श्रपुरबाट खटेको प्रहरी टोलीले वीरगञ्ज उपमहानगरपालिका १४ गण्डक स्थित चेकजाँच गर्दा कुनै कागजात नभएको अवस्थामा कोराउ लोड भएको ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको हो।

मटर लोड भएको ट्रकसहित चालकलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .