ad ad

कारोबार


भारतमा दुई महिनायता बन्द आन्तरिक उडान पुनः सुरु

भारतमा दुई महिनायता बन्द आन्तरिक उडान पुनः सुरु

नेपालखबर
जेठ १२, २०७७ सोमबार ६:३६,

दुई महिनादेखि बन्द रहेको भारतको आन्तरिक उडान सोमबारबाट पुनः सुरु भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डअनुसार आन्तरिक उडान पुनः सुरु भएको हो।

भारतले विश्वका अन्य देशबाट आफ्ना मानिस पनि चार्टर्ड उडानमार्फत ल्याइरहेको छ। बाहिरबाट आएका तथा अलपत्र परेका नागरिकलाई सम्बन्धित ठाउँमा पु¥याउन आन्तरिक उडान मात्रै नभई राज्यहरुले रेल तथा बस सञ्चालनमा ल्याएका छन्।

आउजाउ गर्ने नागरिकलाई १४ दिन आफैँ क्वारेन्टिनमा बस्न सरकारले सुझाव दिएको छ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप पुरीले गत मे २० मै एक ट्विट गर्दै मे २५ बाट भारतमा आन्तरिक उडान खुला गर्ने तयारी रहेको जानकारी दिएका थिए। उनले सबै विमानस्थल र वायुसेवा प्रदायकलाई तयारीमा बस्न जानकारी दिइसकेको पनि उल्लेख गरेका थिए।

अहिले पनि भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ। सोमबार बिहानसम्म त्यहाँ १ लाख ३८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै, ४ हजार २४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .