आगामी साउन २७ र २८ गते काठमाडौंमा हुन लागिरहेको नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह–आयोजक रहने भएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२ को अवसर पारेर आयोजित उक्त सम्मेलनमा नेपाल सरकार अन्तरगर्तको राष्ट्रिय युवा परिषद्, प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बिशाल मिडिया ग्रुप आयोजकका रुपमा र आइएमई फाउण्डेसन सह—आयोजकका रुपमा रहने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्मेलनमा सह—आयोजक रहने सम्वन्धमा बिहीवार आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे।
मझदारी पत्रमा हस्ताक्षर गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मेलनले उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि प्रर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने बताए। सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनको खुला सत्रमा करिब ३ हजार युवा उद्यमीहरु सहभागी हुने छन् भने बन्द सत्रमा देशभरका ७७ जिल्लाबाट सहभागी ५०० युवा उद्यमीहरुको सहभागीता रहने छ। सम्मेलनमा आइएमई ग्रुप अन्तरगर्तका आइएमई पे पेमेन्ट पार्टनर रचन्द्धागिरि हिल्स टुरिजम पार्टनरकारुपमा रहने छन्। सम्मेलनको मुख्य प्रायोजकका रुपमा राष्ट्रिय बाणिज्य बैंक रहने छ।

प्रतिक्रिया