कारोबार


दूरसञ्चार प्राधिकरण अध्यक्षमा दरखास्त दिएका ३ जना प्रतिस्पर्धाबाट आउट, सदस्यमा को-को बाहिरिए?

दूरसञ्चार प्राधिकरण अध्यक्षमा दरखास्त दिएका ३ जना प्रतिस्पर्धाबाट आउट, सदस्यमा को-को बाहिरिए?

फाइल फोटो


नेपालखबर
जेठ २०, २०८३ बुधबार ९:८, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त हालेका उम्मेदवारहरूको नाम काटछाट गरिएको छ। अध्यक्षमा दाबेदारी दिएका ३२ जनाबाट तीनजनाको नाम हटेको छ। 

न्यूनतम योग्यता, अनुभव तथा पेस गर्नुपर्ने कागजातहरुको आधारमा अब २९ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नेछन्।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार  अध्यक्षको दरखास्त बुझाएका राकेश ताम्राकार, माधव अधिकारी र दिपेश शिवाकोटीको नाम काटिएको छ। 

त्यसैगरी, कानुन तर्फको सदस्यमा दरखास्त दिएका सबै चार जना अयोग्य भएका छन्। अमृतप्रसाद रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हकको योग्यता नपुगेको भन्दै गठित सिफारिस समितिले चारै जनाको नाम अस्वीकृत गरेको छ। पर्याप्त संख्यामा योग्य आवेदन नपरेको भन्दै कानुन तर्फको सदस्य रिक्त बनेको छ। यसका लागि पुन: दरखास्त आह्वान गर्नुपर्ने देखिएको छ।

यस्तै, लेखा तथा लेखापरीक्षण तर्फ ९ जनाको दरखास्त परेकामा ३ जना प्रतिस्पर्धाबाट बाहिरिएका छन्। प्रतिक श्रेष्ठ, मनोज अधिकारी र तीर्थप्रसाद यादवको नाम काटिएको छ। बजार व्यवस्थापन तर्फ ५ जनाको आवेदन परेकामा ओमलाल श्रेष्ठ प्रतिष्पर्धाबाट बाहिरिएसँगै अब चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रशासन र प्राविधिक सदस्य तर्फ १५ जनाको दरखास्त परेकामा सिफारिस समितिले चार जनाको नाम काटिदिएको छ। प्रतिस्पर्धाबाट बाहिरिनेमा धनेश्वर झा, मिनु केसी, फूल बाबु झा र विकास आचार्य छन्।

बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ल्याएपछि १५ सय ३४ राजनीतिक नियुक्ति पाएकाहरु पदमुक्त भएका थियो।

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि सञ्चार मन्त्रालयले वैशाख २१ गते आफू मातहत रहेको दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी तथा सदस्यहरु कृष्णप्रसाद पोख्रेल, नवराज अधिकारी, रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई स्वत: पदमुक्त गरेको थियो।

रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो। त्यसपछि अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया चलिरहेको छ। 

हेर्नुहोस् नामावली 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad