सरकारले गत भदौको जेन–जी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रवलिकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसका लागि बजेटमै व्यवस्था गरिएको बताएका हुन्।
उनले जाजरकोट तथा रुकुमपश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त र सरकारी आवास पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरिएको बताए।
हालसम्म सडक सञ्जालसँग नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाइने बताए।
उनले देशभर झोलुंगे पुल निर्माण गर्न ५ अर्ब १४ करोड बजेट विनियोजन गरेको बताए।
24
Shares

प्रतिक्रिया