कारोबार


२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा ‘पीपीपी’ मोडल

२५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको घोषणा, स्वास्थ्य क्षेत्रमा ‘पीपीपी’ मोडल

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:८, काठमाडौँ

सरकारले कम्तिमा २५ प्रकारका औषधि उत्पादन गर्नसक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिमध्ये २५ प्रकार औषधि उत्पादन गर्नसक्ने गरी लिमिटेडको क्षमता अधिवृद्धि गरिने बताएका हुन्।

उनले त्रिभुवन विश्वविद्यलय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिस्तरको विश्वविद्यालयको रुपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाइने बताए। 

उनले सार्वजनिक–सार्वजनिक साझेदारी मोडेल (पीपीपी) मोडलमा देशका सातवटै प्रदेशका अस्पतालहरूलाई चरणवद्ध रुपमा शिक्षण अस्पताल तथा विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रको रुपमा रुपान्तरण गरिने बताए।

उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टिकृत सेवा विस्तारमा परिचालन गरिने बताए।

उनले स्वास्थ बीमा कार्यक्रमलाई पुर्नसंरचना गरिने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad