कारोबार


मौद्रिक नीति शुक्रबार नआउने, असार महिनाभित्रै ल्याउने तयारी

मौद्रिक नीति शुक्रबार नआउने, असार महिनाभित्रै ल्याउने तयारी

नेपालखबर
असार २६, २०७६ बिहिबार १०:४९,

 नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति २७ गते अर्थात् शुक्रबार सार्वजनिक नहुने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने मिति शुक्रबारलाई घोषणा गरे पनि आवश्यक तयारी नपुगेको भन्दै केही मिति सार्न परेको राष्ट्र बैंकले जानकारी गराएको हो।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको ११ महिनाको समीक्षा आज अर्थात् बिहीबार सार्वजनिक गर्ने र शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने योजना रहे पनि दुवैमा तयारी नपुगेको भन्दै दुवैको मिति सारिएको राष्ट्र बैंकले जानकारी गराएको हो।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार असार महिनाभित्र नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी काम भइरहेको छ। ‘११ महिनाको समीक्षा नगरी मौद्रिक नीति ल्याउन नपाउने व्यवस्था छ, समीक्षाको पूर्ण तयारी पनि भइसकेको छैन’, उनले भने, ‘त्यस्तै मौद्रिक नीतिमा पनि केही विषय नटुंगिएकोले तोकिएको मितिमा ल्याउन नसकिएको हो।’

यसअघि राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले २७ गतेलाई मौद्रिक नीति सार्वजनिक गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad