कारोबार


जेठ ९ गते दरबारमार्गमा हुँदै छ ‘एक्सट्रिम स्याटर्डे’

जेठ ९ गते दरबारमार्गमा हुँदै छ ‘एक्सट्रिम स्याटर्डे’

नेपालखबर
जेठ ६, २०८३ बुधबार १९:३८, काठमाडौँ

आउँदो जेठ ९ गते १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल हुने भएको छ। यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिंक’ को मुख्य प्रायोजनमा यो उत्सवलाई ‘एक्सट्रीम स्याटर्डे’ का रूपमा मनाइने भएको हो।

यो महोत्सव दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सको आयोजनामा हुँदैछ। यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई मनोरञ्जन दिने लक्ष्य राखेको आयोजकले जनाएको छ। हरेक वर्षझैँ यस वर्ष पनि फेस्टिभल निःशुल्क अवलोकन गर्न पाइने छ। 

महोत्सवमा बालबालिकाका लागि विभिन्न खेलहरू, बास्केटबल, इ-स्पोर्टस् , सांस्कृतिक झाँकीहरू, कसप्ले र फोटो बुथहरू रहनेछन्। त्यस्तै विभिन्न स्वादका खानाका स्टल, रिफ्रेसिङ पेय पदार्थहरू र सांगीतिक माहोल पनि हुनेछ। 

फेस्टिभलमा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एस टी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर र गन एल्भिसले सांगीतिक प्रस्तुति दिनेछन्।

कार्यक्रमलाई प्रस्तोताहरू रेमनदास श्रेष्ठ, रुविष्का श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले सञ्चालन गर्नेछन्। ‘एक्सट्रिम स्याटर्डे’ महोत्सव काठमाडौँको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिभलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ। एक्सट्रीम इनर्जी ड्रिंकको साथले यस वर्षको ‘एक्सट्रिम स्याटर्डे’ अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने आयोजकको विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad