कारोबार


सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १६:५८, काठमाडौँ

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने बताएको छ।

आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने कार्यक्रम ल्याएको हो। 

अहिले स्वास्थ्य बीमाको लागि पैसा जुटाउन नसक्दा यो कार्यक्रम नै अलपत्र परिरहेको छ। नागरिकले बीमा गरे पनि उपचार सुविधा पाउन सकेका छैनन। स्वास्थ्य उपचार सेवा दिएका स्वास्थ्य संस्थाले पनि अर्बौ रुपैयाँ भुक्तानी पाएका छैनन्। 

अब भने सरकारले यो कार्यक्रमलाई पुनर्संरचना गरेर चलाउने भएको छ। पुनर्संरचना कसरी गर्ने भन्ने विस्तृतमा भने सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad