सिरहामा छुट्टाछुट्टै गोली प्रहारका घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
२०८२ माघ १६ गते सिरहा नगरपालिका १ का ४२ वर्षीय प्रेमनाथ यादवको गोली प्रहारबाट हत्या भएको थियो। उनको हत्यामा संलग्न रहेको आरोपमा उनकै छिमेकी पूर्वशिक्षक ५२ वर्षीय उपेन्द्र यादव पक्राउ परेका हुन्।
यस्तै औरही गाउँपालिका–५ जितिया मन्दिरका पुजारीमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा अर्का व्यक्तिलाई पनि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका डीएसपी रमेश पालका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा सोही वडाका ५५ वर्षीय हरि ठाकुर पक्राउ परेका हुन्।
गएको माघ ४ गते मन्दिरभित्रै सुतिरहेका पुजारी गोली प्रहारबाट घाइते भएका थिए।
9
Shares

प्रतिक्रिया