कारोबार


अन्जनको नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति, कुन पदमा को?

अन्जनको नेतृत्वमा यस्तो बन्यो उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति, कुन पदमा को?

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १६:१, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी परिणाम घोषणा गरिएको छ। यही २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदानको अन्तिम मत परिणाम घोषणा गरिएको हो। 

विधानतः अन्जन श्रेष्ठ स्वतः अध्यक्ष चुनिए पनि अन्य पदाधिकारीका लागि निर्वाचनमा प्रतिस्पर्धा भएको थियो। यसअनुसार जिल्ला, नगर उद्योग वाणिज्य समूहबाट कृष्ण प्रसाद शर्मा (८७) र दिल सुन्दर श्रेष्ठ (८०) उपाध्यक्ष चुनिएका छन्। 

त्यसैगरी कार्यकारिणी समिति सदस्य (खुल्ला)तर्फ जिल्ला नगर उद्योग वाणिज्य समूहबाट १५ जना निर्वाचित भएका छन्।

यसरी निर्वाचित हुनेमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल छन्। यही समूहबाट कार्यकारिणी समिति सदस्य महिलातर्फ गिता अमात्य र हिरा भट्टराई विजयी भएका छन्। 

त्यसैगरी जिल्ला नगर उद्योग वाणिज्य समूह कार्यकारिणी समिति सदस्यमा प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना विजयी भएका छन्। जसमा कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकास कुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी विजयी भएका छन्। 

सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी हुँदा कर्णालीबाट पदम बहादुर शाही र परीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन्।  वस्तुगततर्फ श्रेष्ठ उपाध्यक्षमा विजयी  यसैगरी वस्तुगत समूहबाट नरेशलाल श्रेष्ठ उपाध्यक्षमा विजयी भएका छन्। उनले ६३ मत ल्याए।

प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत मात्रै ल्याए।  यो समूहबाट कार्यकारिणी समिति सदस्यमा १३ जना विजयी भए। जसमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्। 

यो समूहबाट कास सदस्य महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भइन्। वस्तुगत महासंघबाट कास सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएको निर्वाचन समितिले जनाएको छ। 

एसोसिएटतर्फ उपाध्यक्षमा पाण्डे विजयी, सदस्यमा माथेमा र मल्ल  त्यसैगरी एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले १ हजार ७९ मत ल्याए। उनका प्रतिस्पर्धी ज्योत्स्ना श्रेष्ठले ७५० मत ल्याइन्। 

त्यसैगरी एसोसिएटतर्फ कास सदस्यमा १७ जना विजयी भएका छन्। जसमा अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्ण लाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा छन्। 

कास सदस्य महिलातर्फ एसोसिएटतर्फ अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् भने कास सदस्य द्विराष्ट्रिय उवासंघबाट मनोज पौडेल विजयी भएको समितिले जनाएको छ। यस्तै संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ कास सदस्यमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad