कारोबार


क्यानको महानिर्देशकका लागि आवेदन दिने को–को हुन् २१ जना?

क्यानको महानिर्देशकका लागि आवेदन दिने को–को हुन् २१ जना?

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १२:१५, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणको महानिर्देशक पदका लागि सात दिनको समय दिएर गत शनिबार आवेदन मागेको थियो। 

सरकारले सरकारी सेवा वा नागरिक उडड्यन प्राधिकरणको सेवामा रहेका व्यक्तिमध्येबीच खुला प्रतिस्पर्धा गराएर महानिर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो।  

यसअघिका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थल र भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा गिरफ्तार भएपछि क्यानको महानिर्देशक पद खाली भएको छ। अधिकारी गत मंसिरमा पक्राउ परेका हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडकराज पौडेल (गनेस)ले मन्त्रीको खल्तीबाट टपक्क झिकेको नामबाट नभई पारदर्शी प्रतिस्पर्धाबाट नियुक्त हुने बताएका थिए। खुल्ला प्रतिस्पर्धाबाट महानिर्देशन नियुक्त हुने भएपछि प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरुले आवेदन दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार, प्राधिकरणमा एभिएशन सर्भिसेस निर्देशनालयको प्रमुखको रुपमा कार्यरत प्रेमनाथ ठाकुर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले महानिर्देशकको लागि आवेदन दिएका छन्। 

त्यसैगरी, प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुल, प्राधिकरणका उडान सुरक्षा प्रमुख प्रभाकर चन्द्र मल्लिकले पनि महानिर्देशकका लागि आवेदन दिएका छन्। इन्जिनियरिङ पृष्ठभूमीका मल्लिकसँग उडड्यन क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ। 

प्राधिकरणका निर्देशक जगन्नाथ निरौला, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहसचिव मुकेश डंगोलले पनि आवेदन दिएका छन्। 

त्यसैगरी, प्राधिकरणको महानिर्देशक बन्ने आकांक्षीमा उत्सवराज खरेल, श्यामकिशोर साह, प्रमोदकुमार चौधरी, मुरारिप्रसाद पौडेल, लवराज जोशी र जगन्नाथ निरौला छन्। 

यसैगरी, विष्णु गौतम, डा. त्रिलोचन पौडेल, देवेन्द्रप्रसाद पाण्डेय, टेकनाथ सिटौला, अर्जुन बस्नेत, लक्ष्मीप्रसाद उपाध्याय, उमेशकुमार पन्थी, दीपेन्द्र श्रेष्ठ, सुभाष झाले पनि प्राधिकरणको महानिर्देशक बन्न आवेदन दिएका छन्। 

प्राधिकरणको महानिर्देशकको योग्यता बारे नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन २०५३ को दफा १९ को उपदफा १ मा भनिएको छ, ‘प्राधिकरणको कार्य सञ्चालनको निमित्त कार्यकारी प्रमुखको रूपमा नेपाल सरकारले सामान्यतया नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका कुनै कर्मचारीलाई महानिर्देशकको पदमा नियुक्त गर्नेछ।’ 

यसअघिका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार अभियोगमा पक्राउ परेपछि क्यानको महानिर्देशक पद खाली छ। सोमबारसम्ममा महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

त्यसैगरी, नेपाल वायुसेवा निगमको ५ जना सञ्चालक समिति सदस्यका लागि २७ जनाको आवेदन परेको छ।

यसअघि मन्त्रालयले चार जना सञ्चालको लागि आवेदन मागेको थियो। तर, सरकारले जारी गरेको अध्यादेशबाट निगममा रहेका अर्का एक जना सञ्चालको पनि पद गएपछि मन्त्रालयले सूचना प्रकाशन गरेर पाँच जना सञ्चालकको नियुक्ति हुने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad