नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस (कोविड १९) विरुद्धको बिमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने छन्।
हाल विश्वभरी कोरोना भाइरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बिमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स कम्पनीसंँगको सहकार्यमा कोरोना भाइरस विरुद्ध बिमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरेको छ, जसको मुख्य उद्देश्य कोरोना
भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको छ। ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन्।
सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोविड(१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन्। यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ र १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिनेछ। यस बिमाको समय अवधि कोरोना भाइरस विरुद्ध बीमा भुक्तानी गरेको १२ महिनासम्म कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सकिनेछ। ग्राहकहरुले रु १ लाख सम्मको कोरोना भाइरस बिरुद्ध बिमा गराउन सक्नेछन्।
सेलपेद्धारा विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायतका काम गर्न सकिनेछ।

प्रतिक्रिया