कारोबार


हिमालयन रिको बोर्डबाट फेरि बाहिरिए ४ सञ्चालक, दुई जनाको ‘इन्ट्री’

हिमालयन रिको बोर्डबाट फेरि बाहिरिए ४ सञ्चालक, दुई जनाको ‘इन्ट्री’

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १२:१८, काठमाडौँ

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिबाट ४ जनाले राजीनामा दिएका छन्। सञ्चालकहरु अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवाला बाहिरिएका हुन्। झुनझुनवाला स्वतन्त्र सञ्चालक थिए। 

चार जना बाहिरिएसँगै दीपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिष चन्द्र न्यौपाने नयाँ सञ्चालक नियुक्त भएका छन्। उक्त चार जनाले दिएको राजीनामा गत ४ गतेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले जानकारी दिए।  

यसअघि गत फागुन २५ मा सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए। चैत ५ मा उनको राजीनामा स्वीकृत भएको थियो। गोल्छाले सञ्चालकबाट पनि राजीनामा दिएका थिए भने उनीसँगै शाहिल अग्रवाल र रोहित गुप्ताले पनि राजीनामा दिएका थिए। 

उनीहरु तीन जनाको ठाउँमा उदय कुमार निरौला, दीपेन्द्र कुमार मिश्र र पृथ्वीराज थापा नियुक्त भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad