कारोबार


काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, ११ बजेसम्म चल्ने

काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा, ११ बजेसम्म चल्ने

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १८:३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले नगरबासीको सहजताका लागि आजदेखि दुई मुख्य रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको यो सेवा पहिलो रुटमा लगनखेलदेखि बुढानिलकण्ठ र दोस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म सञ्चालन हुनेछ।

काठमाडौं महानगरपालिकाका अनुसार राति ८ बजेदेखि ११ बजेसम्म चल्ने यी बसहरु प्रत्येक २० मिनेटको अन्तरालमा उपलब्ध हुनेछन्। महानगरले प्रारम्भिक चरणमा ७ वटा बसमार्फत् सेवा सुरु गर्दैछ।

यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन प्रत्येक बसमा एक जना नगर प्रहरी राखिँदैछ। प्रत्येक बसमा चारवटा सीसीटीभी क्यामरा जडान गरिएका छन्। ती क्यामेराहरुले चालक, यात्रु र सडक अगाडिको भागलाई समेट्नेछन्। क्यामेराको लाइभ निगरानी महानगरको केन्द्रीय नियन्त्रण कक्षबाट हुनेछ।

यात्राका क्रममा यात्रुको सामान छुटेमा पत्ता लगाउन सहज हुनेछ। कसैले दुव्र्यवहार प्रयास गरेमा तत्कालै नियन्त्रणमा लिन सकिनेछ।

काठमाडौं महानगरपालिकासँगै ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको आपसी सहकार्यमा सञ्चालन गरिएको हो। रातिअबेरसम्म काम गर्ने श्रमिक, कर्मचारी र अन्य यात्रुहरुलाई सार्वजनिक सवारीको अभाव हुने सास्ती कम गर्नेछ।

रात्रिको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र आउने हवाई यात्रुलाई पनि यो बस सेवा लाभदायक हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad