कारोबार


बजार घटिरहेका बेला अर्थमन्त्रीसँग सेयर ब्रोकरको भेट

बजार घटिरहेका बेला अर्थमन्त्रीसँग सेयर ब्रोकरको भेट

नेपालखबर
चैत २३, २०८२ सोमबार ११:३२, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिबीच सोमबार अर्थ मन्त्रालयमा भेटघाट भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार गठन भएसँगै सेयरबजारमा निरन्तर गिरावट आइरहँदा अर्थमन्त्री र ब्रोकरबीच बजार सुधारको विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

नयाँ सरकार गठन भएसँगै सेयर बजार २७३.४७ अंकले घटेको छ। यस अवधिमा ७ दिन सेयर कारोबार भएको छ। जसमा ५ दिन बजार घटेको छ भने दुई दिन बढेको छ।

यस अवधिमा २५.५२ अंकले बजार बढ्दा २९८.९९ अंकले बजार घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad