लुम्बिनी विकास बैंकले स्थापनाको १२ औं वर्ष बुधबार विभिन्न कार्यक्रम गरी मनाएको छ।
काठमाडाैं डिल्लीबजारस्थित केन्द्रीय कार्यालय हातमा भएको कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन्। रक्तदान जीवनदान भन्ने भावनालाई आत्मसात गर्दै रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ।
यसैगरी वर्षिकोत्सवकै अवसर पारेर पोखरा महानगरपालिका–२८ आर्दश चोकस्थित अपांग मैत्री समाज कास्कीलाई २५ थान सेतो छडी बितरण समेत गरिएको छ। दुष्टिविहीनलाई आतेजाते सहज होस भनेर छडी प्रदान गरिएको हो। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले मुलुकभर ६५ शाखा र १३ टिएमबाट २ लाख ४० हजार ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।
बैंकले चैत मसान्तसम्म २४ अरब ३५ करोड निक्षेप संकलन गरी २२ अरब ३६ करोड कर्जा प्रवाह गरेको छ। उक्त अवधिमा ५३ करोड ९७ लाख सञ्चालन नाफा आर्जन गरेको छ।
बैंकको डेबिट काडर्, नेपाल भित्रको कुनै पनि भिजा नेटवर्कमा निशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया