कारोबार


हुन्डाई नेपालको नयाँ वर्ष अफर सुरु

हुन्डाई नेपालको नयाँ वर्ष अफर सुरु

नेपालखबर
चैत १९, २०८२ बिहिबार १७:२, काठमाडौँ

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्षलाई स्वागत गर्दै  हुन्डाईसँग शुभ यात्रा २०८३ अफर घोषणा गरेको छ। 

यस नयाँ वर्ष हुन्डाई सँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन्।

यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाई मोडेलहरूमा र१ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन्।

साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मुल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउँछ।

यस अफरलाई अझ आकर्षक बनाउँदै, हुन्डाई ले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर दिँदै आएको छ। यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी  समावेश छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ।

नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै, हुन्डाई नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्युजस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ, जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा योगदान पुर्याइरहेको छ।

लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ।

हुन्डाई नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको हुन्डाई सोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad