कारोबार


सहकारी मन्त्री रावलले थालिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

सहकारी मन्त्री रावलले थालिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

सहकारीपीडितसँग छलफलका क्रममा सहकारी मन्त्री प्रतिभा रावल


नेपालखबर
चैत १९, २०८२ बिहिबार ११:२५, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्।

सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन्। 

सहकारीपीडितसँग छलफल गर्दै सहकारी मन्त्री प्रतिभा रावल

आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन्।

लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन्।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्।

“पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन्।

सहकारीपीडितसँग छलफल गर्दै सहकारी मन्त्री प्रतिभा रावल

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ।

उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad