नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाइ उडान सेवामा थप विस्तार गरेको छ।
हाल काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २१७/२१८ बाट दैनिक एउटा उडान भइरहेको छ।
यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मंगलबारदेखि काठमाडौं–दिल्ली–काठमाडौं रुटमा आरए २०५/२०६ बाट हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ।
यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको हो।

93
Shares

प्रतिक्रिया