कारोबार


जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

नेपालखबर
जेठ १, २०७७ बिहिबार ९:१६,

इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ।

जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले जानकारी दिएका हुन्।

योसँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन्। आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्धनिर्देशक कोइरालाले बताए।

उनले भने, ‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनुभएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नुहुनेछ।’

कम्पनीले नयाँ सोच, प्रविधि र समयअनुसार अगाडि बढ्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै सेवा थालेको उनले बताए।

इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको कम्पनीको भनाइ छ। इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स प्राप्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad