६ दिनमा ३६ हजार रुपैयाँ घटेको सुनको मूल्य आज फेरि व्यापक वृद्धि भएको छ।
सुनको भाउ आज तोलामा १३ हजार रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ८८ हजार ५०० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेर दुई लाख ७३ हजार ९०० सय रुपैयाँमा झरेको थियो।
गएका ६ दिनमा सुनको भाउ तोलामा ३६ हजार रुपैयाँ घटेर आज फेरि व्यापक वृद्धि भएको हो।
सुनको मूल्य हिजो तोलामा १६ सय रुपैयाँ घटेको थियो भने सोमबार ६ हजार पाँचसय र आइतबार १२ हजार पाँचसय रुपैयाँ घटेको थियो। त्यसअघि गएको शुक्रबार सुनको भाउ सात हजार आठसय, बिहीबार पाँच हजार चारसय र बुधबार दुई हजार दुईसय रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
चाँदीको मूल्य पनि आज तोलामा ४१५ रुपैयाँ बढेको छ। मूल्य बढेर आज चाँदीको भाउ तोलाको ४ हजार ९२० रुपैयाँ पुगेको छ।
हिजो पनि चाँदीको भाउ ८९ रुपैयाँ बढेर चार हजार ५०५ रुपैयाँ कायम भएको थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया