कारोबार


निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान

निजी क्षेत्रको एकताका लागि सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष ढकालको आह्वान

नेपालखबर
चैत ९, २०८२ सोमबार १७:५५, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्।

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै उनले निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भन्दै समझदारीमा जोड दिएका हुन्।

अहिले देशमा दुई तिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने बताए। उनले एक ढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको भनाइ छ। आफ्नो विगतको निर्वाचन अनुभव सुनाउँदै उनले भोट दिन्छु भन्ने सबैले भोट नहाल्ने यथार्थलाई बुझ्न उम्मेदवारहरूलाई आग्रह गरे।

विधानले पदहरू समेत बढाएकाले इगो त्यागेर पदाधिकारी तहमा सर्वसम्मत नेतृत्व चयन गर्न उनले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई सुझाव दिए। निजी क्षेत्रको एउटै बलियो आवाजका लागि एकताको विकल्प नभएको उनको निष्कर्ष छ। 

अध्यक्ष ढकालले भने, ‘हाम्रो हुनेवाला अध्यक्षज्यूलाई पनि म भन्न चाहन्छु, हाम्रो उपाध्यक्षको क्यान्डिडेटहरुलाई पनि म भन्न चाहन्छु अहिले चुनाव भन्दा हामी सर्वसम्मत हिसावमै जाने हो कि? सर्वसम्मत नेतृत्वमा जान यदि सक्यौँ भने हामी हाम्रो भ्वाइसलाई एउटै भएर चाहिँ लिएर जान सकिन्छ कि?’

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई व्यापक बनाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad