काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आएको अचानक बदलीका कारण हवाई उडान अस्तव्यस्त बनेको छ। दोहाबाट काठमाडौँका लागि उडेको कतार एयरवेजको जहाज (क्यूआर ६४६) झण्डै एक घण्टादेखि बारा र पर्सामाथिको आकाशमा फन्को लगाइरहेको छ।
निर्धारित समयअनुसार अपराह्न ४:४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने उक्त जहाज खराब मौसमका कारण 'होल्ड' मा परेको हो। नेपाल–भारत सीमा नजिकै आइपुगेपछि अवतरणको अनुमति नपाउँदा जहाज बेतियातर्फ फर्किएको थियो। दोस्रो पटक नेपाल प्रवेश गरे पनि वीरगञ्ज नजिकैबाट फेरि फन्काइ लगाइरहेको फ्लाइट राडरले देखाइरहेछ। 
अपराह्न ४ बजेपछि काठमाडौँको आकाशमा बाक्लो कालो बादल र हावाहुरीसहित वर्षा सुरु भएपछि अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। चाइना इस्टर्नको जहाज काठमाडौँ अवतरण हुन नसकेपछि भारतको कोलकाता डाइभर्ट भयो। नयाँ दिल्लीबाट काठमाडौँका लागि उडेको इन्डिगोको जहाज लखनउ डाइभर्ट भयो।
आन्तरिक उडान पनि ठप्प
मौसमको असर आन्तरिक उडानमा पनि उत्तिकै देखिएको छ। ३:६ बजे पोखराबाट आएको बुद्ध एयरको जहाज अवतरण भएपछि अन्य कुनै पनि उडान र अवतरण हुन सकेको छैन। खराब मौसमकै कारण काठमाडौँबाट भैरहवा, धनगढी र भरतपुरका उडानहरू रद्द गरिएका छन्।
भिजिबिलिटी ३ हजार मिटर मात्रै
Shares

प्रतिक्रिया