नेपाल एयरलायन्सले जापानमा ३ वटा चाटर्ड उडान गर्ने भएको छ। जापानी नागरिक लिएर ३ वटा जहाज त्यसतर्फ जाने नेपाल वायुसेवा निगमले जनाएको छ।
‘मे १५, १७ र २२ मा ३ वटा उडान हुँदै छ’, निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘जापानले आफ्ना नागरिक लैजान चार्टर्ड उडान गर्नलागेको हो।’
लकडाउनअघि नेपाल एयरलाइन्सले जापानको नारितामा हप्तामा ३ व्यावसायिक उडान गर्दै आएको थियो।
निगमले लकडाउनपछि ११ वटा अन्तर्राष्ट्रिय उडान गरिसकेको छ। अष्टे«लिया, चीनलगायत व्यावसायिक उडान नगरेका देशमा एयरलाइन्सले चार्टर्ड उडान गरेको छ। यसले अन्तर्राष्ट्रिय रुपमा नेपाल एयरलाइन्सले विश्वास जित्दै गएको निगमले बताएको छ।
प्रतिक्रिया