नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब बन्ने सरकारले निजी क्षेत्रलाई सघाउ पुग्ने स्थायी नीति निर्माण गर्नुपर्ने बताएका छन्।
भृकुटीमण्डपमा बिहीबार फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले स्थिर सरकार बन्न लागेकाले त्यसले स्थायी नीति ल्याउनुपर्नेमा जोड दिएका हुन्।
भर्खरैको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत हासिल गरेको थियो। सोही कारण एकल दलबाटै सरकार बन्नलागेकाले यसले ल्याउने नीति स्थायी हुनुपर्ने उनको भनाइ छ।
स्थायी सरकारले दीर्घकालीन नीतिमार्फत आर्थिक गतिविधि बढाउन सक्ने उनले बताए। रास्वपाले वाचापत्रमा उल्लेख गरेका कुरा कार्यान्वयनमा जोड दिन उनको आग्रह छ।
27
Shares

प्रतिक्रिया