इरान र अमेरिका–इजरायलबीचको युद्धका कारण मध्यपश्चिम एसिया गन्तव्यका उडान धमाधम रद्द भइरहेका छन्।
सोही सिलसिलामा नेपाल वायुसेवा निगमले १९ र २० गतेका काठमाडौं–दोहा–काठमाडौं उडान रद्द गरेको हो।
निगमले यसबाट यात्रुलाई पर्न गएको असरप्रति क्षमा मागेको छ।
दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडानबारे विमानस्थल आउनुअघि नै पूर्वजानकारी लिन समेत निगमको आग्रह छ।
यसका लागि यात्रुले निगमको वेबसाइट वा सामाजिक सञ्जालबाट जानकारी पाउन सक्नेछन्।
अत्यावश्यक सोधपुछको आवश्यकता भएमा ९८५१२७३४५९ वा ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ।
78
Shares

प्रतिक्रिया