कारोबार


प्राधिकरणमा बढ्दै छ उजुरीको चाङ, फर्छ्योटमा नियामकको कछुवा गति

प्राधिकरणमा बढ्दै छ उजुरीको चाङ, फर्छ्योटमा नियामकको कछुवा गति

नेपालखबर
फागुन १७, २०८२ आइतबार १८:३५, काठमाडौँ

समयमा उजुरी फर्छ्योट गर्न नसक्दा बिमा प्राधिकरणमा पुराना उजुरीका चाङ लाग्न थालेको छ।

नियामकीयको हैसियतले बिमा प्राधिकरणले दर्ता हुन आएका उजुरीहरुलाई आफँै फैसला गर्दै आएको छ। बिमासम्बन्धी उजुरीहरुमध्ये सहमति र कारबाही दुवै गर्दै आएको प्राधिकरणले चालू आवमा भने फछ्र्यौटमा सुस्त देखिएको हो। 

गत आर्थिक वर्षमा २ सय ८७ वटा उजुरी मध्ये १३१ वटा फर्छ्योट गरेको थियो। तर चालू आवको माघसम्म भने बिमा प्राधिकरणले जम्मा ६४ वटामात्रै उजुरी फर्छ्योट गर्न सकेको हो। जब कि चालू ७ महिनामा ९१ वटा नयाँ र ३ सय ९४ वटा उजुरी बाँकी नै थिए। 

गत आवकै उजुरीउपर काराबाही गर्न नसकेको प्राधिकरणले चालू आवमा दर्ता हुन आएका उजुरी फर्छ्योटमा सुस्तता देखाएको हो। 

प्राधिकरणले माघ मसान्तसम्म ९१ वटा उजुरीमा ६४ वटा उजुरी हेरेको देखिन्छ। जसमा ४६ वटा उजुरीउपर फैसला भएको छ भने १८ वटा उजुरी सहमती गराएको पाइन्छ। 

तर गत गत आवबाटै थन्किएका ३९४ वटा उजुरी उपर कुनै कामगर्न सकेको पाइँदैन। फर्छ्योट प्रक्रिया सुस्त हुँदा प्राधिकरणमा हाल ४२१ वटा मुद्दा किनाराको पर्खाइमा छन्। 

कुन वर्ष कति परेका थिए उजुरी? 
बिमा प्राधिकरणका अनुसार पछिल्लो ६ वर्षमा उजुरी ३२१ प्रतिशतले बढेको पाइन्छ। आर्थिक वर्ष २०७५/७६ मा १०० वटा उजुरी परेकोमा आ.व. २०७६/७७ मा १२६ वटा उजुरी परेको थियो।

यस्तै आव २०७७/७८ मा १३७ वटा, आ.व. २०७८/७९ मा १५५, आ.व. २०७९/८० मा १५५, आ.व. २०८०/८१ मा २४४ वटा उजुरी परेकोमा चालू क्रमशः आव २०८१/८२ मा २८७ र आ.व. २०८२/८३ सम्म आइपुग्दा ४२१ वटामा पुगेको हो। 

प्राधिकरणका अनुसार अधिकांश उजुरी बिमा दाबीसँग सम्बन्धित छन्। बिमा कम्पनीहरुको प्रमुख दायित्व दाबी भुक्तान हो। 

तर पछिल्लो समय बिमा दाबीमै समस्या देखिन थालेपछि त्यसको असर प्राधिकरणको उजुरीमा परेको हो। यद्यपि पछिल्लो पाँच वर्षमा बिक्री बिमालेखको संख्यामा पनि बढोत्तरी भएको छ।

यसले बिमासम्बन्धी उजुरी पनि सोहीअनुसार बढाएको देखिन्छ। उजुरी बढ्दै जाँदा बिमा कम्पनीले भने उजुरी फर्छ्योटमा अपेक्षित तीव्रता दिन नसकेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad